एक दिने 'इमेल लेखन सीप' विषयक कार्यशाला सम्पन्न

सिद्धबाबा माध्यमिक विद्यालयले शिक्षकहरुका लागि १ दिने 'इमेल लेखन सीप' विषयक कार्यशाला सम्पन्न गरेको छ । 

प्रविधिको प्रयोगबिना अहिलेको शिक्षण सिकाइ अधुरो हुने र अबका कक्षाहरु प्रविधियुक्त हुनुपर्ने र शिक्षकहरु प्रविधिमैत्री हुनुपर्ने कुरालाई आत्मसात गरी शिक्षकहरुको सीप विकासका लागि विद्यालयको अङ्ग्रेजी विभागले उक्त कार्यशाला आयोजना गरेको हो । 

कार्यशाला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत भलामीको अध्यक्षता तथा नेल्टा गुल्मीका पूर्व अध्यक्ष, रेसुङ्गा बहुमुखी क्याम्पसका प्राध्यापक साथै इङ्गिलस एक्सेस माइक्रोस्कलरसीप प्रोग्राम, नेपालका राष्ट्रिय संयोजक कुञ्जरमणि गौतमको सहजीकरणमा सम्पन्न भएको थियो । 

 विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, विभिन्न विषय विभाग प्रमुखहरु, र अन्य विषय शिक्षकहरुसहित ३० जना शिक्षकहरुको सहभागिता रहेका उक्त कार्यशालामा इमेल (Gmail) का विभिन्न विशेषताहरु, उपयोगिताहरु, इमेलका प्रकारहरु र लेख्ने तरीकाहरु, इमेल पठाउने तथा प्राप्त गर्ने तरीकाहरु प्रयोगात्मक विधिबाटै सिक्ने सिकाउने कार्य भएको थियो । 

News Images:

एक दिने 'इमेल लेखन सीप' विषयक कार्यशाला सम्पन्न
एक दिने 'इमेल लेखन सीप' विषयक कार्यशाला सम्पन्न
एक दिने 'इमेल लेखन सीप' विषयक कार्यशाला सम्पन्न




Contact Us

Maps

Facebook