नमुना युवा संसद सिद्धबाबा-२०८० सम्पन्न

गुल्मी, पुस १८ । गुल्मीमा  जिल्लाको सिद्धबाबा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ अन्तर्गत कानुन सङ्काय र कक्षा ६  देखि १२ सम्म सामाजिक शिक्षा अध्ययनरत विद्यार्थीहरुले प्रयोगात्मक बिधिबाट आज संसदको नमुना अभ्यास प्रस्तुत गरेका हुन ।

विद्यार्थीहरुलाई व्यवस्थापिका संसदको काम, कर्तव्य र अधिकारका साथै  संसदमा प्रस्तुत गरिने विधेयक र त्यसको विधि र प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले विद्यालयमा नमुना संसदको अभ्यास कार्यक्रम सञ्चालन गरिएको हो 

उक्त नमुना संसद बैठकमा सभामुख र उपसभामुखदेखि मन्त्री र प्रतिनिधि सभा सदस्य, सत्ता पक्ष र प्रतिपक्ष दलका नेताहरुको लागि भिन्ना भिन्नै सिटको व्यवस्था मिलाईएको थियो । कार्यक्रममा सभामुखले औपचारिक रुपमा संसद बैठक शुरु गरेपछि विद्यार्थीहरुले संसद बैठकको जस्तै झल्को दिनेगरी  आफ्ना प्रस्तुतीहरु राखेका थिए ।

नमुना संसद बैठकमा बोल्दै सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदको भूमिकामा  रहेका विद्यार्थीहरुले समयमा काम नहुँदा विकास निर्माणका कामहरु अलपत्र परेको, वेरोजगारीका कारण युवाहरु विदेश पलायन भएको, समाजमा अझै पनि जातीय भेदभाव कायम रहेको, स्थानीय तहले सुशासनमा भन्दा सडक र भौतिक संरचना निर्माणमा मात्र लागेको, सिंहदरबारको अधिकार अझै गाउँ पुग्न नसकेको जस्ता विषयहरु संसद जोडदार रुपले  उठाएका थिए ।

नमुना संसदमा बोल्दै प्रतिपक्ष दलका नेता विपिन सुनारले बजारमा कालो बजारी बढेको, शान्ति  सुरक्षा बिग्रदै गएको र सुशासन कायम हुन नसकेको भन्दै सरकारको व्यापक आलोचना गर्नु भएको थियो । शुन्य समय र विशेष  समयमा बोल्दै विद्यार्थीहरुले आफ्नो जिल्लाका मुख्य समस्याहरु राख्नेदेखि विधेयक संसदमा पुगेर सभामुखसमक्ष पेश भएपछि त्यसलाई प्रमाणिकरण गरेर राष्ट्रपति समक्ष पठाउने प्रक्रियासम्मको अभ्यास गरिएको प्रशिक्षक एवं नयाँ युवा नयाँ सोँच अभियानका केन्द्रिय अध्यक्ष मुकुन्ददिप मडैले जानकारी दिनु भयो ।

सिद्धबाबा माध्यमिक विद्यालयको आयोजना एवं नयाँ युवा, नयाँ सोँच नेपालको सहकार्यमा विद्यार्थीहरुलाई नेपाली संसदीय पद्दतिको बारेमा ज्ञान प्रदान गर्ने, कानुन निर्माण प्रक्रियाको जानकारी गराउने तथा उनीहरुमा वैज्ञानिक तर्ककला र नेतृत्व क्षमता विकास गराउने उद्देश्यले यस्तो प्रकारको अभ्यास गरिएको थियो । 

कार्यक्रममा एक सय जना छात्रछात्राहरुले प्रत्यक्ष रुपमा संसदको विभिन्न भूमिकामा सहभागिता जनाएका थिए । टेलीभिजनमा अप्रत्यक्ष रुपमा संसद बैठकको दृश्य देखेका विद्यार्थीहरुले आफै संलग्न भएर प्रत्यक्ष रुपमा त्यसको भूमिका निर्वाह गर्न पाएकोमा आफुहरुलाई नयाँ अनुभव र ज्ञान  मिलेको बताए    संसद बैठकको जस्तै झल्को दिनेगरी विद्यार्थीहरुले सञ्चालन गरेको नमुना संसद बैठकमा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, नागरिक समाज एवं सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

News Images:

नमुना युवा संसद सिद्धबाबा-२०८० सम्पन्न
नमुना युवा संसद सिद्धबाबा-२०८० सम्पन्न
नमुना युवा संसद सिद्धबाबा-२०८० सम्पन्न
नमुना युवा संसद सिद्धबाबा-२०८० सम्पन्न
नमुना युवा संसद सिद्धबाबा-२०८० सम्पन्न
नमुना युवा संसद सिद्धबाबा-२०८० सम्पन्न
नमुना युवा संसद सिद्धबाबा-२०८० सम्पन्न
नमुना युवा संसद सिद्धबाबा-२०८० सम्पन्न
नमुना युवा संसद सिद्धबाबा-२०८० सम्पन्न
नमुना युवा संसद सिद्धबाबा-२०८० सम्पन्न
नमुना युवा संसद सिद्धबाबा-२०८० सम्पन्न
नमुना युवा संसद सिद्धबाबा-२०८० सम्पन्न
नमुना युवा संसद सिद्धबाबा-२०८० सम्पन्न
नमुना युवा संसद सिद्धबाबा-२०८० सम्पन्न
नमुना युवा संसद सिद्धबाबा-२०८० सम्पन्न




Contact Us

Maps

Facebook