पुल्चोक कप-२०७९ सिद्धबाबा मा.वि.लाई !

 पुल्चोक स्पोर्ट्स कल्ब , तम्घास गुल्मीद्वारा आयोजित जिल्लास्तरीय पुल्चोक कप फुटबल प्रतियोगितामा  सिद्धबाबा माध्यमिक विद्यालय, तम्घास गुल्मी तेस्रो पटक  विजेता भएको छ ।

         साउन ११ गतेदेखि सन्चालन भएको उक्त प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा पालुखा माध्यमिक विद्यालय, हस्तिचौर, इस्मालाई १ का विरुद्ध ३ गोलले पराजित गरी सिद्धबाबा मा.वि.ले उक्त उपाधि ट्रफी र नगत रु. २५००० /-  हासिल गरेको हो । 
              उक्त प्रतियोगितामा सिद्धबाबा मा.वि. कै खेलाडीहरु  बन्दना गाहा सर्वाधिक  गोलकर्ता , समिक्षा रेश्मी उत्कृष्ट गोलरक्षक र जया कुँवरले  उत्कृष्ट डिफेन्डरको अवार्ड समेत हात पार्न सफल भएका छन् ।  



News Images:

पुल्चोक कप-२०७९ सिद्धबाबा मा.वि.लाई !
पुल्चोक कप-२०७९ सिद्धबाबा मा.वि.लाई !
पुल्चोक कप-२०७९ सिद्धबाबा मा.वि.लाई !




Contact Us

Maps

Facebook