गुल्मी जिल्लास्तरीय दोस्रो स्क्रावल च्याम्पियनसिप सम्पन्न

संविधान दिवसको अवसर पारी दोस्रो गुल्मी जिल्लास्तरीय स्क्रावल प्रतियोगिता आज सम्पन्न भएको छ । 
    सिद्धबाबा माध्यमिक विद्यालय, तम्घास गुल्मीको आयोजना र जिल्लाका विभिन्न १६ वटा विद्यालयका ३२ जना प्रतिस्पर्धी विद्यार्थीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 
स्क्रावल क्लब गुल्मीका संयोजक एवम् सिद्धबाबा मा.वि.का प्र.अ. डोर विक्रम श्रीसको अध्यक्षतामा सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ, गुल्मीका प्रमुख लोकनाथ मरासिनीको प्रमुख आतिथ्य र स्क्रावल क्लब पोखराका अध्यक्ष एवम् स्क्रावल अभियन्ता केशव पराजुलीको विशिष्ट आतिथ्य रहेको थियो । 
           सो प्रतियोगितामा त्रिभुवन मा.वि., जनविकास मा.वि. पराल्मी, मालिका मा.वि. मर्भुङ, भगवती मा.वि. सिमिचौर, अर्जुन बोर्डिङ्ग स्कुल,ब्रिलियण्ट युनाइटेड एक्याडमी,महेन्द्र मा.वि., रिडर्स पब्लिक हाइस्कुल, रेसुङ्गा मा.वि., सिद्धबाबा मा.वि., आदर्श विद्या आश्रम, उपल्लो तम्घास मा.वि. तम्घास, बुद्ध मा.वि.अर्खले, आत्माबोध मा.वि. मानकोट, पदमबहादुर मा.वि.जुभुंग, जनजागृति मा.वि. मुसिकोटको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा सिद्धबाबा मा.वि.का प्रेमकुमार टण्डन प्रथम, रिडर्स पब्लिक हाईस्कुलका बरुण खनाल द्धितीय, मालिका माध्यमिक विद्यालय, मर्भुङका अभिनव घिमिरे तृतीय र अर्जुन बोर्डिङ्ग स्कुलका सुजल राना सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगिताका विजयी तथा सहभागीहरुलाई कार्यक्रमका सभाध्यक्ष तथा अतिथिहरुले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 
            विद्यालयका शिक्षक टीका खड्काको सञ्चालनमा सहायक प्र.अ. युवराज अर्यालको स्वागतसँगै सुरु भएको उक्त कार्यक्रमलाई सफल बनाउन पोखराबाट आउनु भएका स्क्रावल अभियन्ता कल्याण बराल, रितेश कार्की, आयोजक तथा सहभागी विद्यालयका शिक्षकहरु तथा युवा रेडक्रस सर्कल र स्काउटका भाइबहिनीहरुको विशेष सहयोग रहेको थियो । 
     यस प्रतियोगितमा प्रथम देखि सान्त्वना स्थान हासिल गर्ने ४ जना र अन्य ५ उत्कृष्ट खेल प्रदर्शन गर्ने रेसुङ्गा मा.वि.का सुजन पाण्डे, उपल्लो तम्घासका आविष्कार पाण्डे, रिडर्स पब्लिक हाइस्कुलका सदिक्षा कुँवर, अर्जुन बोर्डिङ्ग स्कुलका अन्मोल क्षेत्री र सिद्धबाबा मा.वि.का सरोज पाण्डे गरी जम्मा ९ जना विद्यार्थीहरु यही मंसिर २४ गते नवलपरासी जिल्लाको गैडाकोट इङ्लिस स्कुलमा सञ्चालन हुने राष्ट्रिय स्क्रावल च्याम्पियनशिपमा गुल्मी जिल्लाको प्रतिनिधित्व गर्दै सहभागी हुन पाउने छन् ।

News Images:

Contact Us

Maps

Facebook