१३ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुस्तक चर्चा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न

भाद्र–१५, २०७७
तम्घास, गुल्मी
सिद्धबाबा माध्यमिक विद्यालय, तम्घास गुल्मीले १३ औँ राष्ट्रिय पुस्तकालयको अवसरमा पुस्तक चर्चा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
कोेरोना कहरका बाबजुद पनि विद्यालयमा उपस्थित आंशिक शिक्षकहरुका बीच विद्यालयका पुस्तकाध्यक्ष माधवी थापाको अध्यक्षता एवम् प्रधानाध्यापक डोर विक्रम श्रीसको प्रमख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रमका सञ्चालक बासुदेव पन्थीको स्वागत मनत्व्यसँगै विद्याकी अधिष्ठात्री सरस्वती माताको तस्विरमा पुष्प एवम् अविरार्पण गरी शुरु भएको कार्यक्रममा शिक्षक टीका खड्काले पुस्तकालयको महत्व, प्रयोग र अहिलेको बदलिँदो पठन सँस्कृतिबारे चचाए गर्दै आफुले हालसालै पढेको पुस्तक सञ्जीव उप्रेतीको ‘हँस’ बारे छोटो टिप्पणी गर्नु भएको थियो ।  त्यसै गरी शिक्षक कृष्ण पन्थीले पुस्तकालय र पठन सँस्कृतिमाथि चर्चा गर्नुभएको थियो भने शिक्षक बासुदेव पन्थीले विष्णु खनालको ‘अमृतपान’ बारे चर्चा गर्नुभएको थियो ।
प्रमुख अतिथिको रुपमा बोल्दै, विद्यालयको पुस्तकालय विकासको इतिहासबारे चर्चा गर्दै एउटा टीनको बाकसमा भएका दुइ चारवटा पुस्तकहरुबाट शुरुभएको अभियान ११ हजार भन्दा बढी विविध विषयका पुस्तकहरु भएको बाचनालयसहितको पुस्तकालय कसरी सम्भव भयो भन्ने बारे चर्चा गर्नु भएको थिया । साथै उहाँले पठन सँस्कृति, पठन सँस्कृृतिको विकासका लागि शिक्षकको भूमिका, पुस्तकालयको व्यवस्थापन र प्रयोगबारे पनि आफ्नो  विचारहरुसँगै आफुले हालै अध्ययन गरेको पुस्तक पाउलो फेरेरकोे ‘द पेडागोजी अफ अप्रेस्ड’बारे चर्चा गर्नु भएको थियो ।
कार्यक्रमको समाप्न गर्दै अध्यक्ष माधवी थापाले आफु पुस्तकालयको दुरुस्त व्यवस्थापनका लागि खटिइरहेको र सबैको सहयोगको लागि अनुरोध गर्नु भएको थिया । 

News Images:

१३ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुस्तक चर्चा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न
१३ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुस्तक चर्चा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न
१३ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुस्तक चर्चा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न
१३ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुस्तक चर्चा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न




Contact Us

Maps

Facebook