सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

२०७७ कार्तिक ३ गते, सोमबार
सिद्धबाबा माध्यमिक विद्यालय, तम्घास, गुल्मीले आर्थिक वर्ष २०७६÷७७ को सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा २०७७ सालको बडा दशैँ र तिहारको शुभकामना आदान प्रदान कार्यक्रम आज एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।

कोरोना महामारीका बीच व्यक्तिगत दुरी कायम गर्दै शिक्षक अभिभावक सँघका निर्वतमान अध्यक्ष एवम् सामाजिक परीक्षण समितिका संयोजक चन्द्रबहादुर जी.सी.को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यक्रममा अध्यक्ष चन्द्रबहादुर जी.सी.ले उक्त प्रतिवेदनको संक्षिप्त प्रस्तुतिकरण गर्नु भएको थियो भने विद्यालयका लेखापाल खिमकली भलामीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 

विद्यालयका सहायक प्रधानाध्यापक युवराज अर्यालको सञ्चालन तथा स्वागत मनत्व्यसँगै सुरु भएको उक्त कार्यक्रममा विद्यालयका संस्थापक सदस्यहरु, सल्लाहकार समितिका सदस्यहरु, विशिष्ट सदस्यहरु, निवर्तमान विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सँघका पदाधिकारीहरु, निर्माण समितिका पदाधिकारीहरु तथा विद्यालयका शिक्षक, विद्यार्थी प्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीसले प्रतिवेदनमाथि थप प्रकाश पार्दै विद्यालयका विगत, वर्तमान र भविष्यका कार्यक्रम तथा योजनाबारे चर्चा गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो । त्यसैगरी विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार समिति सदस्य धनबहादुर श्रीस, सल्लाहकार सदस्य यमबहादुर थापा काउछा, अभिभावक तथा विशिष्ट सदस्य विजय शर्मा लगायतका व्यक्तित्वहरुले प्रतिवेदनमा सुधारात्मक टिप्पणीसहित शुभकामना व्यक्त गर्नुभएको थियो ।

News Images:

सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न




Contact Us

Maps

Facebook