जन्मदिनको अवसरमा विद्यालयलाई पुस्तक प्रदान

तम्घास, गुल्मी
असोज २१,२०७७

    भोज, भतेर हो,हल्ला, झैँ झगडा लगायतका क्रियाकलापमा फजुल खर्च गरी जन्मदिन मनाउने विकृत सँस्कृति बढिरहेका बेला विद्यालयका विशिष्ट सदस्य एवम् अभिभावक विजय शर्माले भने आफ्नो जन्मदिन अत्यन्तै सिर्जनात्मक कार्य गरी मनाउनु भएको छ । 

उहाँले आफ्नो जन्मदिनको पावन अवसरमा विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई रु.१० हजार बराबरका विभिन्न विधाका पुस्तकहरु हस्तान्तरण गर्नुभएको छ ।

विद्यालयका संस्थापक सदस्य  रुकबहादुर थापाको अध्यक्षता एवम् पुस्तकाध्यक्ष माधवी थापाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षकहरु, वि.व्य.स.का निवर्तमान सदस्य लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रममा विद्यालयका प्र.अ. डोर विक्रम श्रीस, सभाध्यक्ष रुकबहादुर थापा लगायत शिक्षक तथा कर्मचारीहरुले विजय शर्मालाई खादा, माला तथा अविर अर्पण गरी जन्मदिनको शुभकामना एवम् धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

News Images:

जन्मदिनको अवसरमा विद्यालयलाई पुस्तक प्रदान
जन्मदिनको अवसरमा विद्यालयलाई पुस्तक प्रदान
जन्मदिनको अवसरमा विद्यालयलाई पुस्तक प्रदान
जन्मदिनको अवसरमा विद्यालयलाई पुस्तक प्रदान
जन्मदिनको अवसरमा विद्यालयलाई पुस्तक प्रदान
जन्मदिनको अवसरमा विद्यालयलाई पुस्तक प्रदान
जन्मदिनको अवसरमा विद्यालयलाई पुस्तक प्रदान




Contact Us

Maps

Facebook