कक्षा ११ र १२ को प्रयोगात्मक एवम् लिखित परीक्षासम्बन्धी सूचना !
आज मिति २०७७ भाद्र १२ गते विद्यालयमा बसेको कक्षा ११ र १२ मा अध्यापनरत शिक्षक तथा कर्मचारीहरुको बैठकले शैक्षिक सत्र २०७६ को कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै गर्ने भनी ‘‘परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७’’ मा उल्लेख भई आएको अवस्थामा हाम्रो विद्यालयले पनि कक्षा ११ को परीक्षा मिति २०७७ भाद्र १५ गतेपछि सञ्चालन गर्ने र त्यसका लागि तयारी गर्ने निर्णय गरेको छ ।
उक्त बैठकले सम्बन्धित सम्पूर्ण शिक्षकवर्ग र विद्यार्थीहरुलाई सोही अनुरुप तयारी गर्न अनि विद्यार्थी, कक्षाशिक्षक र विषयशिक्षकहरु निरन्तर सम्पर्कमा रही वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण गर्नुका लागि निर्देशन जारी गरेको छ । यसका साथै कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक परीक्षाको समयतालिका यथाशिघ्र विद्यालयको सूचनापाटी, वेवसाइट र फेसबुक पेजमार्फत यथाशिघ्र प्रकाशन गर्ने निर्णयसमेत उक्त बैठकले गरेको छ ।