 
                                
                                    वार्षिक परीक्षाफल प्रकाशन तथा विद्यालय व्यवस्थापन समिति गठन
                                
                                
                                    
सिद्धबाबा माध्यमिक विद्यालय, खानीगाउँ, तम्घास, गुल्मीले आज एक कार्यक्रमका बीच शैक्षिक सत्र २०८०को वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन गर्नुका साथै विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको गठन गर्ने काम सम्पन्न गरेको छ । 
रेसुङ्गा नगरपालिका वडा नं.का वडाध्यक्ष निरन्जन थापाको अध्यक्षता तथा रेसुङ्गा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पिताम्बर पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुका साथसाथै यस शैक्षिक सत्रमा सर्वाधिक हाजिरी, सरसफाइ, अनुशासित, उत्कृष्ट पाठक, सर्वाधिक जिज्ञाासु लगायतका विभिन्न विधामा छनोटमा परेका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।  
त्यसै गरी सोही कार्यक्रमका बीच रेसुङ्गा नगरपालिकाको शिक्षा नियमावली २०७७को परिच्छेद ५ को नियम २६ अनुसार रेसुङ्गा नगरपालिका वडा नं. ८ निवासी एवम् रेसुङ्गा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष श्री निरञ्जन थापाको अध्यक्षतामा यमबहादुर विश्वकर्मा, रामकृष्ण पौडेल, विष्णुमाया श्रीस, लक्ष्मी भलामी, पूर्णिमा वि.क., बेलबहादुर थापा सदस्य रहने गरी विद्यालय व्यवस्थापन समिति तथा सोही नियमावलीको नियम ३२ अनुुसार रेसुङ्गा नगरपालिका वडा नं. ८ निवासी श्री चन्द्रबहादुर जी. सी. को अध्यक्षतामा बालसिहं विश्वकर्मा, गोपालप्रसाद पाण्डे, राजन कुँवर, रनमाया पुन, विजय शर्मा, बालकृष्ण श्रेष्ठ, विष्णुकुमारी टण्डन सदस्य रहने गरी शिक्षक–अभिभावक संघको गठन गरिएको छ । विद्यालयका सहायक प्रधानाध्यापक युवराज अर्यालको स्वागत् मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सन्चालन विद्यालयका परीक्षा समिति संयोजक शिक्षक थम्मन के.सी.ले गर्नु भएको थियो ।