अमर कोश र मेदिनी कोशका अनुसार बलि शब्दले उपहार समर्पण, पूजा, नैवेद्य, दैत्यराज बलि, जस्ता अर्थहरू जनाउँछ । बल दाने धातुमा इन् प्रत्यय गरेर बलि शब्द बन्दछ । वलि शब्दमा दान शब्द मिलेर बन्ने वलिदान शब्दले बलिको जस्तो सर्वात्म समर्पण ठूलो त्याग या महत्सेवा अर्थ पनि जनाउँछ ।
बलि वैश्वदेव कर्ममा काकबलि, श्वानबलि, गर्दा कागलाई र कुकुरलाई अन्नादिको बलि उपहार दिइन्छ । उनीहरूको हत्य गरिदैन । त्यसैले बलि भनेको उपहार हो हत्या होइन ।
By : WebAdmin