विद्यालय सुधार योजना तर्जुमा कार्यशाला सम्पन्न

सिद्धबाबा माध्यमिक विद्यालय, तम्घास, गुल्मीले आज एक कार्यक्रमको आयोजना गरी विद्यालय सुधार योजना तर्जुमा कार्यशाला–२०७६ सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षता, शिक्षा विकास तथा समन्व्य इकाई, गुल्मीका प्रमुख रामबहादुर थापाको प्रमुख आतिथ्यता तथा रेसुङ्गा नगरपालिका वडा नं.–८ की निर्वाचित जनप्रतिनिधि सीता आचार्यको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा रेसुङ्गा नगरपालिका शिक्षा शाखाका पदाधिकारीहरु, विद्यालयमा क्रियाशील विभिन्न समितिका पदाधिकारीहरु, संस्थापक तथा मानार्थ सदस्यहरु, अक्षकोष संस्थापकहरु, विद्यालयका सल्लाहकारहरु, अभिभावक, शिक्षक तथा विद्यालयमा गठित विभिन्न समितिमा क्रियाशील विद्यार्थीहरुका प्रतिनिधिहरु लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रधानाध्यापक डोर विक्रम श्रीसले विद्यालयका विभिन्न पक्ष तथा भावि कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य यमबहादुर वि.क., पूर्व विद्यार्थी एवम् गुल्मी जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उद्धव पन्थी, पूर्व विद्यार्थी एवम् रेसुङ्गा नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक रामप्रसाद पन्थी, सल्लाहकार यमबहादुर थापा काउछा, शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रबहादुर जी.सी.,  रेसुङ्गा नगरपालिका शिक्षा शाखाका अधिकृत लोकनाथ मरासिनी, पिताम्वर पन्थी, शिक्षा तथा समन्व्य ईकाइका अधिकृत झविलाल विश्वकर्मा, विशेष अतिथि तथा जनप्रतिनिधि सीता आचार्य, प्रमुख अतिथि रामबहादुर थापाले सल्लाह तथा सुझावहरुसहित मन्तव्य राख्नु भएको थियो यसै बीच विद्यालयमा २४ वर्ष भन्दा बढी कार्यालय सहयोगीको रुपमा सेवा गरी  हालै सेवानिवृत्त हुनुभएका सोमबहादुर श्रीसलाई सोही कार्यक्रममा  विदाइ गरिएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक युवराज अर्यालको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक टीका खड्काले गर्नु भएको थियो ।

News Images:

Contact Us

Maps

Facebook